वडावासीलाई झोला वितरण

दमक,१४ पुस । दमक ६ नम्बर वडा कार्यालयले प्लाष्टिक मुक्त वडा बनाउन वडाबासीलाई झोला वितरण गरिआएको छ ।दमक नगरीलाई सफा तथा सुन्दर हरित नगरी बनाउन सघाँउ पुरयाँउन उद्देश्यले गतवर्षदेखि निशुल्क झोला वितरण गरिआएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयमा आउने सेवाग्रहीहरुलाई कार्यालयले झोलासहित सन्देसमूलक आवश्यक सूचना सामाग्रीहरु दिदैआएको वडाअध्यक्ष टेकबहादुर थापाले बताए । उनका अनुसार एक बर्षको अवधिमा करिव ७ सय बढी झोला वितरण गरिएको छ । वडाले सेवाग्रहीको विवरण उल्लेख गरि एकपटक मात्र त्यस्तो झोला निशुल्क उपलव्ध गराउने गरेका छन् ।
वडा कार्यालयले वडा लक्षित कार्यक्रम अन्तर्गत रोजगारमूलक सिलाईबुनाई तालिमका क्रममा प्रशिक्षार्थीहरुमार्फत झोला तयार गरिएको थियो । सव्जी लगायतका समानहरु किनमेल गर्नका लागि त्यस झोला उपयोगी हुने वडाअध्यक्ष थापाले जनाएका छन् । दमकको १० वटा वडामध्ये वजारमा रहेको यस वडाले प्लास्टिकका झोलाको बिकल्पमा सधै प्रयोग हुने सजिलो झोला तयार गरि वितरण गरिआएको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published.