मेची सामुदायिक सिकाइ केन्द्रको नयाँ नेतृत्व चयन

कमल,१४ साउन । कमल गाउँपालिका वडा न. ३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रको चौथो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल इलामको माई नगरपालिका वडा न. २, चेप्टी स्थित हयाप्पी ड्रिम्समा आज शनिवार सम्पन्न सिकाई केन्द्रको साधारणसभाले मातृकाप्रसाद नेपालको अध्यक्षतामा चार सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिका सदस्यहरुमा दुर्गाप्रसाद नेपाल,शरणकुमार पराजुली र विष्णु बेघा चुनिएकाछन् ।
सिकाइ केन्द्रका अध्यक्ष गौरीमान फागोको अध्यक्षता तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता भएको साधारणसभामा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको विशिष्ट आतिथ्यामा रहेको थियो । त्यस्तै, साधारणसभामा कमल ३ का वडाअध्यक्ष अग्निप्रसाद कोइराला, कमल गाउँपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने लगायतका अिितथिहरूलाई मायाको चिनो स्वरूप तामाका आम्खोरा प्रदान गरिएको थियो भने मेची सामुदायिक सिकाइ केन्द्रका सल्लाहकार समिति सदस्य तथा संस्थापक कोषाध्यक्ष विजयकुमार अधिकारी, सल्लाहकार हिमप्रसाद दाहाल लगायत सल्लाहकार समितिका सदस्यहरूलाई मायाको चिनो स्वरूप डायरी प्रदान गरिएको थियो ।
साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष राई, उपाध्यक्ष न्यौपाने ,शिक्षा शाखा प्रमुख न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाको बन्दसत्रमा सिकाइ केन्द्रका सचिव मातृकाप्रसाद नेपालले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मतिबाट पारित गरेको थियो । संस्थाको नयाँ नेतृत्व चयन गर्न शिक्षा शाखा प्रमुख श्री सूर्यप्रसाद न्यौपानेको संयोजकत्वमा उमानाथ भण्डारी तथा श्री हिमप्रसाद दाहाल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
सिकाइ केन्द्रको विधानअनुसार नयाँ कार्यकारिणी समितिको बैठकले पदेन सदस्यहरू तथा मनोनीत सदस्यहरू थप गरी कार्यकारिणी समितिको सङ्ख्यात्मक स्वरूपलाई पूर्णता दिने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.