ट्याक्टर पल्टिएर सहचालकको मृत्यु


झापा, ३२ असार । झापाको बुद्धशान्ति गाँउपालिका- ५ शान्तिनगर गैरीगाँउ स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २६ को बिकास कुमाल रहेका छन् ।
शुक्रवार ४ बजे तिर प्र.१–०१–००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अचानक पल्टी दुर्घट्ना हुँदा ट्याक्टरका सहचालक रहेका कुमालको घटनास्थलमानै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बुधबारे र धुलाबारीबाट प्रहरी टोली खटि गई ट्याक्टर र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
खोलामा डुबेर बालकको मृत्यु
झापाको भद्रपुर नगरपालिका ३ धिमेलधुरा बस्ने सितु सापकोटाको ११ बर्षीय छोरा ईश्वर सापकोटाको खोलामा डुबेर मृत्यु भएको छ ।शुक्रवार बेलुका साढे ५ बजे सोही स्थानमा रहेको देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबी बेपत्ता भएका बालक मृत भेटिएका हुन् । बेपत्ता भएका बालकको ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा खोला किनारमा निज बालकको मृत अवस्थामा फेला परेको र घटनाका थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.