
दमक, १२ जेठ । लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको स्थापना दिवसका अवसर पारेर दमकमा भोलि शुक्रवार खुला रक्तदान कार्यक्रम हुने भएकोछ ।
स्थानीय गणतन्त्रचौंकमा आयोजना गरिने खुला रक्तदान कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचन लगायतको चुनावी गतिविधिका कारण रक्तदान प्रभावित भई कतिपय अस्पतालमा विरामीलाई रगत पाउनबाट समस्या हुदैआएकाले त्यसैलाई लक्षित गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समिति, दमकका अध्यक्ष बिष्णु सुब्बाले जानकारी दिए ।
रगत दान गर्ने कार्य जीवनकै महत्वपूर्ण दान भएको भन्दै अध्यक्ष सुब्बाले भने , –‘त्यसैले यस्तो पूण्य कार्यमा सहभागि भई दिन हुन सञ्चारकर्मी, विभिन्न पेशाकर्मी तथा सर्वसाधारणहरुमा हामी हार्दिक अनुरोध गर्दछौं ।’
रक्तदान नगरपालिकाकी नवनिर्वाचित उपप्रमुख रेगीना भट्टराई प्रसाईको प्रमुख आतिथ्यता तथा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा हुने कार्यक्रम संयोजक गिरीराज भट्टराईले बताएका छन् । यूनियनको माइपश्चिम क्षेत्रीय समितिले व्यवसाय बृद्धिबिकास बाहेक विभिन्न सामाजिक तथा परोपकारी कार्यहरु समेत सञ्चालन गरिआएको छ ।