
इलाम ,११ जेठ । इलामको देउमाई नगरपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएको छ ।सातामा २ दिन बिदा अव्यवहारिक भएको चर्चा चलिरहेका बेला देउमाई नगरपालिकाले पनि साताको २ दिन बिदा नदिने निर्णय गरेको हो ।
एक सूचना प्रकाशित गरी नगरपालिकाले हप्तामा १ दिन मात्रै बिदा दिन र हप्तामा ६ दिन विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।