कमलमा गठबन्धनको विजय रयाली

दमक,९ जेठ । झापाको कमल गाउँपालिकामा अध्यक्षसहित तीन वटा वडा जितेको खुसीयालीमा सोमबार विजय रयाली निकालेको छ ।
पालिकास्थित नेपाली कांग्रेससहितको छ दलीय गठबन्धनले निकालेको विजय रयाली कमल २ स्थित क्याम्पा वजारबाट शुरु भई पालिकाका विभिन्न स्थानमा परिक्रमा गरिएको थियो । रयालीमा निर्वाचित अध्यक्ष हुकुमसिंह राईसहित वडाध्यक्ष ,सदस्यहरुको सहभागिता रहेको थियो । मतदाताहरुलाई धन्यवाद दिने उद्देश्यले आयोजना गरिएको रयालीमा गठबन्धनका नेता, कार्यकर्ताहरु तथा सयौ सर्वसाधारणको उल्लेखीय उपस्थिति रहेको थियो ।
कांग्रेस क्षेत्रीय सचिव धर्मानन्द भटटराईका अनुसार रयालीले ७ वटै वडाका सराङपाडा,समयगढ, केर्खा,सितापुरी, मन्दिरलाइन, बाह्घरे, झर्का, रंगपुर, गेउरिया, सोनापुर , बसन्त चौक हुदै सिम्लेमा पुगेर समापन गरिएको थियो । विजयोत्सव कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष राईले सम्मनुत कमलको निर्माणका लागि आफनो एकमात्र ध्येय रहने उल्लेख गरे । जनताको सेवा गर्न आफूलाई ऐतिहासिक जिम्मेवारी दिएको चर्चा गर्दे उनले त्यसलाई सम्मान गरि सधै जनताको सुख,दुखको सारथी वन्न दत्तचित्त भई लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
आइतवार अन्तिम मतगणना अनुसार पालिकाको अध्यक्षमा राईले १२ हजार ८ सय ६८ मत ल्याई निर्वाचित भएका छन् । कांग्रेसले कमलमा पहिलोपटक अध्यक्षमा जित्न सफल भएको छ ।
२१ केजी सयपत्री फूलको माला

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी संघीय सांसद महेन्द्रकुमारी लिम्बूले नवनिर्वाचित अध्यक्ष राईलाई २१ केजीको सयपत्रीको माला लगाईदिएकी छन् । कांग्रेसबाट पहिलोपटक कमलमा अध्यक्षमा जित्न सफल भएको भन्दै सांसद लिम्बूले बधाई तथा शुभकामना दिदै सयपत्रीको माला लगाईदिएकी हुन् । रयाली शुभारम्भ अघि मंगलवारेमा संक्षिप्त कार्यक्रमका बीच उनले उक्त माला लगाईदिएका थिए । यसअघि समेत उनले त्यस्तै सयपत्रीको माला दमक नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरलाई समेत खुसीयालीमा लगाईदिएकी थिइन् । दमकमा पनि गठबन्धनबाट राप्रपाका राम थापा मेयरमा र कांग्रेसकी रेगिना भटटराई प्रसाई उपमेयरमा निर्वाचित भएकी थिइन् ।
पसल वन्द गरेर विजयोत्सवमा
कमल ५ मंगलवारे वजारका व्यवसायीहरुले पसलहरु बन्द गरि विजयोत्सवमा सहभागि भएका छन् । अध्यक्ष राईको निवास आसपासका व्यापारीले खुसीयालीमा आफना पसल वन्द गरि स्वतफूर्त रुपमा सहभागि भएका थिए । त्यहाँका दुई दर्जन व्यवसायीले आफना उद्योग, पसलहरु वन्द गरि स्वतफूर्त रुपमा सहभागि भएका थिए । यसअघि समेत त्यहाँका व्यापारीले अध्यक्ष राईलाई जिताउन आव्हान गर्दे आफना पसल,व्यवसाय वन्द गरि चुनावी अभियानमा सहभागि हुदैआएका थिए ।
राई सगुन युवा क्लवका पूर्व अध्यक्ष , मंगलवारे वजार प्रवन्ध समितिका पूर्व अध्यक्षलगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published.