गौरीगञ्जमा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

गौरीगञ्ज,९ जेठ । झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएकी छन् ।
अध्यक्षमा कांग्रेस उम्मेदवार फूलवती राजवंशी तथा उपाध्यक्षमा एमाले उम्मेदवार पुजन न्यौपाने कुँवर निर्वाचित भएकी हुन्।
स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार राति सार्वजनिक अन्तिम मत परिणाममा अध्यक्षमा निर्वाचित राजवंशीले एमाले उम्मेदवार विजयकुमार अग्रवाललाई २ हजार ३ सय ५९ मतान्तरले पराजित गरेकी हुन् ।
राजवंशीले ५ हजार ६ सय ८९ तथा पराजित अग्रवालले ३ हजार ३ सय ३० मत पाएकी छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुँवरले कांग्रेसका मखना महतोलाई ९ सय ३० मतान्तरले पराजित गरिन् । न्यौपानेले ४ हजार ७ सय ५५ तथा महतोले ३ हजार ७ सय ९५ मत पाएका छन् । राप्रपाबाट गएको स्थानीय निर्वाचनमा अध्यक्ष जितेका बाबुराजा श्रेष्ठ भने यसपटक तेश्रो भएका छन् ।
गौरादह नगर प्रमुख,उपप्रमुखमा एमाले विजयी
झापाको गौरादह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । सोमबार विहान अन्तिम मतगणना अनुसार नगर प्रमुखमा एमालेका छत्रपति सुवेदी र उपप्रमुखमा जलवर्षा राजवंशी विजयी भएका छन् । सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याउँदा गठबन्धनका तर्फबाट कांग्रेसका रोहितकुमार साहले ११ हजार ४ सय ८४ मत पाएका छन् । पराजित साह निवर्तमान नगर प्रमुख हुन् ।
यसैगरी उपमेयरमा एमालेकी राजवंशीले ११ हजार ९ सय १४ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पुष्प ढकालले १० हजार ४ सय ३८ मत प्राप्त गरेका छन्।
९ वटा वडा रहेको गौरादहमा एमालेले ५ वटा वडा जितेको छ । त्यस्तै कांग्रेसले दुईवटा वडा जित्दा माओवादी र स्वतन्त्रले एक–एक वटा जितेका छन् । वडा नं १ मा एमालेका नगेन्द्र भण्डारी १९९३ , वडा न। २ मा कांग्रेसका गोपालप्रसाद कोइराला १०६८ , वडा नं ३ मा स्वतन्त्र दिलिपकुमार भण्डारी १०९४ , वडा नं ४ मा एमालेका दुर्गामणि बस्नेत १८५८, वडा नं ५ मा एमालेकै जगन्नाथ खनाल १८९० , वडा नं ६ मा कांग्रेसका तोयानाथ प्रसाई १५३२ , वडा नं ७ मा एमालेकै वलराम खरेल १०२०, वडा नं ८ मा माओवादीका गणेशकुमार राजवंशी १३१४ र वडा नं ९ मा एमालेका उपेन्द्र निरौला १९०८ मतसहित निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.