
दमक,८ जेठ । झापाको शिवसताक्षी नगरपालिकाको मेयर ,उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।आज सम्पन्न अन्तिम मतपरिणाम अनुसार मेयरका उम्मेदवार मेघहाङ्ग थोप्रा (रोशन ) र उपमेयरमा नरमाया कार्की विजयी भएका छन । गठबन्धन तर्फका नेपाली कांग्रेसका पर्शुराम ढुंगानालाई हराउँदै थोप्रा विजयी भएका हन । थोप्राले १६ हजार ४९८ मत ल्याएका छन भने ढुंगानाले १३ हजार ५० मत प्राप्त गरेका छन । त्यसैगरी उपमेयरमा विजयी कार्कीले १४ हजार १ सय ५५ मत प्राप्त गरिन् भने प्रतिद्वन्दी महेन्द्र भट्टराईले ९ हजार ५२५ मत प्राप्त गरेका छन ।
शिवसताक्षी नगरपालिकाको वडा नं १, ४, ५, १० र ११ नेकपा एमालेको प्यानलै विजयी भएको छ भने अन्य वडा भने कांग्रेसले जितेको छ । त्यस्तै वडा नं ३ मा वडाध्यक्षमा नेपाली कांग्रेसका भाष्कर न्यौपाने र दुई वडा सदस्य र नेकपा एमाले बाट दुई सदस्य निर्वाचित भएका छन् । त्यस्तै वडा नं ६ मा नेपाली कांग्रेसका वडाध्यक्ष मनोज खुलाल कार्की र एक सदस्य र नेकपा एमालेबाट तीन सदस्य विजयी भएका छन् ।
वडा नं ७ नेपाली कांग्रेसका वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग लिम्बु सहित २ सदस्य र नेकपा एमालेका दुई सदस्य विजयी भएका हुन् । वडा नं ८ नेपाली कांग्रेसको वडाध्यक्ष सन्त फेउदिन सहित प्यानलै विजयी भएको छ । त्यस्तै वडा नं ९ नेपाली कांग्र सका वडाध्यक्ष डिल्लीलाल फेम्बू र नेकपा एमालेका ४ सदस्यहरु विजयी भएका छन् । वडा नं १० मा नेकपा एमाले वडाध्यक्ष हर्कबहादुर सिगु सहित प्यानलै विजयी भएको छ । वडा नं ११ मा एमालेका उम्मेदवार बहादुर आङ्बो वडाध्यक्षमा विजयी भएकाछन् ।