हामी मतदानमा भाग लिन्नौ : पल्लो किरात

दमक,२६बैशाख । पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने जनाएका छन् । मञ्चले आज प्रेस विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनमा आफनो पार्टी र आफना कार्यकर्ताहरुले मतदानमा भाग नलिने उल्लेख गरेका छन् ।
यहि बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुदै छ । त्यसका लागि राजनीतिक दल,स्वतन्त्र उम्मेदवारहरु मतदाताका घरघरमा पुगेर भोट मागीरहेका छन् । मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद योङयाले आफना माग सरकारले पूरा नगरेकाले घोषित निर्वाचन शान्तिपूर्ण रुपमा बहिष्कार गर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, –‘ निर्वाचनले मात्र देशलाई निकास दिन नसक्ने भएकाले हामी निर्वाचनका कुनै पनि प्रकृयामा सहभागि हुदैनौ।’
तर निर्वाचनलाई विथोल्ने,हिंसा भड्काउने जस्ता गतिविधि समेत पार्टीले नगर्ने तथा जुनसुकैको सरकार बनेपनि त्यसलाई सहयोग भने पुरयाँउने अध्यक्ष योङयाले उल्लेख गरेका छन् ।
पूर्वका १ नम्बर प्रदेशलाई लिम्बूवान राज्य बनाउन माग राखी शान्तिपूर्ण आन्दोलन गरिआएको मन्चले आफना मागमा समर्थन जुटाउन अन्तराष्ट्रिय न्यायलायसम्म मुद्या पेश गरिएको बताउदैआएको छ ।

Leave a Reply

Your email address will not be published.