
झापा, १५ बैशाख । नेपाली काँग्रेसले झापामा पहिलो विजयी खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा काँग्रेसकाी एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए।
दक्षिणी झापाको कचनकवल वडा नं ४ की काँग्रेसकी २५ बर्षिया दलित महिला सदस्य बिजली दास निर्विरोध निर्वाचित भएकी हुन् । उक्त वडामा एक जना दलित महिला सदस्यका लागि अन्य दलबाट कुनै पनि उम्मेद्वार नपरेका कारण काँग्रसकी उम्मेद्वार दास निर्वाचन हुनु १४ दिन अघि नै निर्विरोध निर्वाचित भएकी वुझिएको छ । निर्विरोध निर्वाचित सदस्यको निर्वाचन अधिकृतको कार्यालयबाट घोषणा हुन भने बाँकी रहेको छ ।