मोवाईल पसल चोरी भएको भन्दै सुरक्षाको माग

इलाका प्रशासन कार्यालय दमकका शाखा अधिकृत सुर्यमान बाँनियालाई ज्ञापनपत्र बुझाईदै

दमक,२७ चैत । दमक चौंक आसपासका मोवाइल पसलमा केहिसमय यता चोरीको घटना बढेको भन्दै सुरक्षाको बन्दोबस्ती मजवुत बनाउन यहाँका व्यवसायीहरुले माग गरेका छन ।
दमक मोवाइल व्यवसायी संघसहित दमक उद्योग वाणिज्य संघ , नेपाल मोवाइल वितरक संघका प्रतिनिधिमूलक व्यवसायीका अगुवाले बुधबार इलाका प्रशासन कार्यालयसहित इलाका प्रहरी कार्यालय र स्थानीय सरकारको रुपमा रहेको दमक नगरपालिका कार्यालयलाई व्यवसायी सुरक्षाको प्रत्याभुत दिन माग गरि ज्ञापन पत्र बुझाईएको दमक मोवाइल संघका अध्यक्ष भेनस श्रेष्ठले बताए ।
संघले प्रहरीमा बुझाइएको ज्ञापनपत्रमा गत बैशाख १२ गते दमक -८ को न्यू सगरमाथा इम्पेक्समा ढोका तोडी करिव रु २ लाख ५० हजार मूल्य बरावरका मोवाइलका समान, , २०७८ मंसिर २४ गते दमक -५ को इन्फिनिटी टेकमा चोरी हुदाँ ल्यापटप,मोवाइल र समान गरि रु २५ लाख, गत चैत १७ गते दमक- ८ कै नेक्सस मोवाइल पसलमा चोरी हुदाँ रु १ लाख १० हजार वरावरका मोबाइल र समानहरु हराएको उल्लेख छ ।
दमक चौक र वजार क्षेत्रका मोवाइल पसलमा बारम्वार चोरीका घटना बढेको र यसले व्यवसायिक असुरक्षा बढाएकाले सुरक्षा व्यवस्था मजवुत बनाउन प्रशासनको ध्यानाकर्षण गरिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । संघसहित दमक उद्योग वाणिज्य संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, नेपाल मोवाइल वितरक संघ प्रदेश समितिका अध्यक्ष हरि प्रसाद उप्रेतीले हस्ताक्षार गरेको ज्ञापन पत्रमा भनिएको छ,–‘आफनो जायजेथा धितो कर्जामा राखी व्यवसाय सञ्चालन गरेर गुजारा गर्ने व्यवसायीले जोखिम उठाएर सञ्चालन गरेको व्यवसाय यसरी चोरी हुदै जादाँ व्यवसायीहरु विस्थापित हुने अवस्था हुनेमा पुगेकाले त्यसो हुन नदिन यथासिघ्र अपराधिक कार्यमा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग गर्दछौ । ’

Leave a Reply

Your email address will not be published.