
सोलुखुम्बु,१४ बैशाख । आगो निभाउने क्रममा जलेर सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एक जना वृद्धको मृत्यु भएको छ ।
स्थानीय ७० बर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्किँदा घाईते भएका थिए । घाईते सार्कीलाई उपचारका लागि धरान घोपा लादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।