
दमक,१ बैशाख । नेपाली कांग्रेस झापाका जिल्ला उपसभापति शेरबहादुर भट्टराईले आफनो जीवनी सम्बन्धी पुस्तक निकालेका छन् ।दमक ५ निवासी सामाजिक व्यक्तित्व भट्टराई सम्बन्धी बिभिन्न ४६ जना लेखकद्धारा लिखित संग्रहीत पुस्तकको नयाँ बर्षको अवसर पारेर आज सार्वजनिक गरिएको हो ।
राष्ट्रिय सभाका पूर्व सदस्य डिल्ली सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संबिधान सभा सदस्य सुधिर शिवाकोटी, प्रदेस सभा सदस्य तथा पूर्व मन्त्री हिक्मत कुमार कार्की, प्रदेससभा सदस्य अर्जुन राई ,कांग्रेस झापाका सभापति देउमान थेवेलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरे । पुस्तिकाको लोकापर्णका क्रममा सहभागि वक्ताहरुले सामाजिक तथा राजनीतिक क्षेत्रमा भट्टराईले पुरयाँएको योगदानको चर्चा गरेका थिए ।
प्रकाशक सितादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस झापा सभापति देउमान थेवे थेवे, संबिधानसभा सदस्य शिवाकोटी, प्रदेश सरकारका पूर्व मन्त्री कार्की, दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, गौरादह नगर प्रमुख रोहित कुमार शाह, कांग्रेसका १ नम्बर प्रदेश सदस्य रेगिना भट्टराई प्रसाईं, नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी लगायतले सामाजिक तथा राजनीतिक व्यक्तित्व भट्टराईले दमक निर्माणमा पु¥याएको योगदान पछिल्लो पुस्तालाई जानकारी गराउन पनि यो पुस्तक सहयोगी हुने औल्याए । कार्यक्रममा पुस्तकका प्रधान सम्पादक खेमलाल पोखरेल, कार्यकारी सम्पादक धनकुटे कान्छा लगायतले पनि बोलेका थिए ।