पाँच दलीय गठबन्धनमा अरु दलहरु थप गर्ने निर्णय


दमक,२१ चैत। नजिकिएको स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनले झापामा गठबन्धनलाई परिणाममुखी बनाउन अरु दलहरुलाई थप गर्ने भएका छन् । गठबन्धन थप मजवुत गरि प्रतिगमनकारीलाई पाखा लगाउन लोकतान्त्रिक तथा बाम शक्तिवीचको तालमेललाई तीनै तहको निर्वाचनसम्म लैजाने भएका हुन् ।
नेपाली कांग्रेस झापाका सभापति एवं गठबन्धन दलका झापा संयोजक देउकुमार थेबेको अध्यक्षतामा शनिवार बसेको संयुक्त बैठकले प्रतिगामी बाहेकका दल थप गर्ने निर्णय गरेको हो ।
बैठकले १५ वटै पालिकामा दलका पालिका प्रमुख र थप एकजना तथा क्षेत्रीय समितिले तोकेका एक– एकजना प्रतिनिधिसहित प्रतिदल तीनजनाका दरले बैठक बसी चैत २१ गतेभित्र जिल्लामा प्रतिबेदन पठाउन निर्देशन दिने निर्णय गरेको कांग्रेस झापाका सचिब कृष्ण हुमागाइले जानकारी दिए । पालिकाहरुको गठबन्धन दलको बैठकले बिगत निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विवरण र बर्तमानको अवस्था समेतलाइ उल्लेख गरी यथाशीघ्र जिल्लामा प्रतिबेदन बुझाउन पनि निर्देशन गरेको छ ।
बैठकमा संविधानसभाका सदस्य समेत रहेका कांग्रेसका नेता सुधिरकुमार शिवाकोटी, कृष्ण हुमागाई, नेकपा माओवादीका झलकसिंह दर्लामी , राजु आचार्य , सिपी कडरिया, नेकपा एकीकृत समाजवादीका बेदराज रेग्मी, मणि भण्डारी र निलमणी बराल, इन्द्र बुढाथोकी, जनता समाजवादी पार्टीका अध्यक्ष दिपेनबाला राई र नेता धिरेन लावतीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published.