दमक १० का न्यौपाने बन्धु संगठीत

दमक, १० चैत्र । दमक- १० मा बस्दै आएका कौडिन्य गोत्रका न्यौपाने बन्धुहरु संगठित भएका छन् । आज बिहिबार सम्पन्न भएको भेलाले स्थानीय रमेश कुमार न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय न्यौपाने बन्धु समाज गठन गरेको हो । नवगठित समाजको उपाध्यक्षमा शुशान्त न्यौपाने, सचिव, लोकेश न्यौपाने, सहसचिवमा सपना न्यौपाने र कोषाध्यक्षमा प्रतीक्षा न्यौपाने रहेका छन ।

यसैगरि सदस्यहरुमा चन्द्र मनि न्यौपाने, सीता न्यौपाने, कबिता न्यौपाने, बिनोद न्यौपाने, कमल न्यौपाने, केशव न्यौपने र ज्ञानेन्द्र न्यौपाने लगायत रहेका छन् । समाजका जिल्ला उपाध्यक्ष गोविन्दराज न्यौपानेको प्रमुख उपस्थितिमा भएको सो भेलाले खडग प्रसाद न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

सो समितिको सदस्यहरुमा बोधराज न्यौपाने, डिल्लि प्रसाद न्यौपाने, डम्बरु न्यौपाने, प्रेम प्रसाद न्यौपाने, नगेन्द्र मणि न्यौपाने र योगराज न्यौपाने रहेका छन् । सो अवसरमा स्थानीय ८९ बर्षिया खडगकुमारी न्यौपानेलाई सम्मान समेत गरिएको छ । भेलामा न्यौपाने बन्धु समाज दमक नगर अध्यक्ष बाबुराम न्यौपाने, उपाध्यक्ष मोहन प्रसाद न्यौपाने, सचिव दिनेश न्यौपाने दमक १० का वडाअध्यक्ष बोधराज न्यौपाने समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.