धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा, ९ चैत । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षिया श्रेया राई रहेकी प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ । गएराति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

Leave a Reply

Your email address will not be published.