मोवाइल व्यवसायीको रक्तदान, ५० पिन्ट रगत संकलन

दमक ,१२ फागुन । दमक मोवाईल व्यवसायी संघले आफनो नवौ स्थापना दिवसका अवसरमा आज दमकमा आयोजना गरेको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ ।
स्थानीय गणतन्त्र चौंकमा आयोजित खुला रक्तदान कार्यक्रममा ६ महिलासहित ५० जनाले रगतदान गरेको कार्यक्रम संयोजक होमनाथ सापकोटाले बताएका छन् । रक्तदानमा संघका सचिव खेम सापकोटा, सहसचिव दिपेश दाहाल, ,दमक जेसीजका अध्यक्ष सन्जीव बराल, मोवाइल वितरक संघ प्रदेश १ का अध्यक्ष हरि उप्रेती, नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक समिति दमकका अध्यक्ष प्रितम भण्डारी, जीवन चक्र समाजका अध्यक्ष गणेश प्रसाद गौतम लगायतले रगतदान गरेका थिए । रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको संघका सहसचिव दाहालले जानकारी दिए ।
रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । संघले आफनो स्थापना दिवसमा विगत बर्षहरुदेखि खुला रक्तदान कार्यक्रमको आयोजना गरिआएको छ ।
संघका अध्यक्ष भेनस श्रेष्ठको अध्यक्षता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको उद्घाटनमा किवानीज क्लव अफ नेपालका यूथ को–अर्डिनेटर रवि केसी लगायतले बोलेका थिए । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, सुनचाँदी व्यवसायी संघका अध्यक्ष काशी खाँती,रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाई, गल्ला किराना व्यवसायी संघका अध्यक्ष कृष्णराज अधिकारी , हिमालयन टाइगरका अध्यक्ष रेवतराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि स्थापना दिवसकै अवसरमा भोलि शुक्रबार दमक ४ स्थित तारावारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुका लागि महिनावारी शिक्षासहित सहयोगी सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको संघका सहसचिव समेत रहेका कार्यक्रम संयोजक दिपेश दाहालले बताए।

Leave a Reply

Your email address will not be published.