करणी गरेको आरोपमा दाहाल पक्राउ

झापा, २ फागुन । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको शिवसताक्षीबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका १० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन् ।
निकेशले ती महिलालाई शिवसताक्षी नगरपालिका ९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.