
दमक,१ फागुन । नेवाः देयू दवू दमकको नयाँ नेतृत्व चयन भएको छ । शनिवार नेवाः देयू दबुको दोश्रो नगर अधिबेशनले गजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा रामकुमार श्रेष्ठ,उपाध्यक्षमा राजकुमार श्रेष्ठ,महिला उपाध्यक्षमा भगवती श्रेष्ठ,सचिवमा लक्ष्मी श्रेष्ठ,महिला सचिवमा मिना श्रेष्ठ र कोषाध्यक्षमा दिलीपकुमार श्रेष्ठ चुनिएका छन् । यस्तै,सदस्यहरुमा रेवत श्रेष्ठ,इन्द्रकुमारी श्रेष्ठ, सीता श्रेष्ठ,सुर्यकुमार श्रेष्ठ,हिरालाल श्रेष्ठ र पारस श्रेष्ठ लगायत रहेका छन् ।