कांग्रेसका पूर्व वडा सभापति आङ्गदेम्बेको निधन

दमक,१३ माघ । नेपाली कांग्रेस दमक २ का पूर्व सभापति तथा सामाजिक व्यक्तित्व अगमप्रसाद आङ्गदेम्बेको निधन भएको छ । दमक २ निवासी ७३ बर्षिय आङ्गदेम्बेको बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
आङदेम्बेको हिजो बुधबार राती ९ बजे उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा निधन भएको हो । उनी विगत केही बर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । पूर्व बिट्रीस सैनिक स्व.आङदेम्बेका दुई छोरा रामकुमार र सुरेशकुमार आङदेम्बे हाल बेलायतमा छन् । उनको शनिबार बिहान घर नजिकै समाधिस्थलमा परम्परा अनुसार अन्त्येष्टी गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.