शिवसताक्षीमा विपन्न राईको घर बनाउँदै कांग्रेस

झिलझिले ,२ माघ । नेपाली कांग्रेसले शिवसताक्षीका एक जना विपन्नको घर बनाउने अभियान सुरु गरेको छ । राजनीतिक आस्थाका आधारमा तीन तहकै सरकारले विपन्न नागरिकलाई विभेद गरेको भन्दै नेपाली कांग्रेसले नगरमा विपन्न मनकुमार राईको घर बनाउन थालेको हो ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा आइतबार नेपाली कांग्रेसका झापाका सभापति देउमान थेवेले स्थानीय मनकुमार राईको घरको शिलान्यास गरे । ‘चार सय मिटर पूर्वमा नगरकार्यपालिकाको कार्यालय छ । तर, ‘यहाँका जनप्रतिनिधीले आफ्नै आँखा अगाडीको विपन्न परिवार नदेख्दा ताजुब लागेर आयो,’ उनले भने ।
राईको परिवार १५ वर्ष देखि घाम पानि नछेलिने फुस्को घरमा बस्दै आएको छ । वर्षातका बेला पानी र हिउँदका बेला हावा हुरी खपेरै उनको परिवारले दुखले छाप्रामा गुजारा चलाउदैँ आएका राई परिवारको नाजुक अवस्था देखेर कांग्रेस घर बनाईदिन लागेको हो । स्थानीय डिल्ली खतिवडाले भने, ‘हामीले नगरका सामाजिक अगुवा सन्तकुमार फेउदिनलाई मनकुमारको परिवार र उनको अवस्थाका बारेमा सुनाएका थियौ । उहाँ भोलि पल्ट लगत्तै मनकुमारको घरैमा आएर अवस्था बुझ्नु भयो र घर बनाइदिने बचन दिनुभयो ।’
फेउदिन कांग्रेस शिवसताक्षीका उपसभापति हुन् । सामाजिक रुपमा क्रियाशिल फेउदेनकै संयोजकत्वमा मनकुमार राई घर निर्माण समिति समेत गठन भएको छ । आइतबार घर शिलान्यासकै दिन रु २ लाख ८७ हजार ५२ रुपँैया बराबरको नगद र जिन्सी कबोल भएको संयोजक फेवदिनले बताए ।
स्थानीयका अनुसार मनकुमारकी श्रीमती सविनालाई उनका माइतीले १५ धुर जग्गा दाइजो दिएका थिए । त्यही जग्गामा मनकुमारको २ कोठा र शौचालय सहितको घर निर्माण हुनेछ । स्थानीय सरकारले चासो नदेखाएपछि आफुहरु जुटेको निर्माण समितिका मंगलसिंह सम्बाहाम्फेले बताए । उनले भने, ‘राजनीतिक रुपमा राई परिवार कुन पार्टीका हुन भन्ने कुरालाई हामीले महत्व दिएनौ । गाँस, बास र कपासको आधारभुत आवश्यक्ता पनि नपाएका राई परिवारले अव पक्की घर दुई महिना भित्रमा पाउने छन् ।’
राई दम्पतीको १ छोरी र २ छोरा छन् । स्थानीय भानु माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरु विद्यालयकै जेहेन्दार छात्र छात्राका रुपमा कहलिएका छन् । राईले भने, ‘छोरा छोरीले चाहे जस्तो गरेर उनिहरुको शिक्षामा खर्च गर्न सकिन । तर पनि नतिजा गतिलै ल्याउँदा खुसी लाग्छ ।’
शिलान्यास कार्यक्रममा कांग्रेस शिवसताक्षीका नगर सभापति अशोक बस्नेत र घर निर्माण समितिका संयोजक फेउदिनले सबै राजनीतिक दल, भाषा, धर्म, भुगोल, जात र लिङ्गलाई समान दृष्ट्रिकोणले हेर्ने एउटै मात्र राजनीतिक दल कांग्रेस मात्र भएको बताए । उनीहरुले कांग्रेसको हरेक अभियानमा समाहित हुन पनि सर्वसाधरणलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.