उर्लाबारीमा समावेशी शिक्षाको लागि तालिम

पथरीशनिश्चरे, २६ पुस ।मोरङको उर्लाबारी नगरपालिकामा समावेशी शिक्षाको लागि शिक्षा तथा सहयोगी कार्यकर्ताहरुका लागि तालिम सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकाको आयोजनामा आज बुधबार अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत समावेशी शिक्षाका लागि शिक्षक तथा सहयोगी कार्यकर्ताहरूलाई १ दिने अभिमुखिकरण तालिम सञ्चालन भएको हो ।
तालिमको उद्घाटन कार्यक्रम उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आजै , उपप्रमुख भण्डारीकै अध्यक्षतामा बसेको राजस्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०७९-८०का लागि राजश्वका नीति तय गर्दै राजश्वको प्रस्तावित दररेट भोलि २७ गते पुनः बस्ने कार्यपालिका बैंठकमा पेश गर्ने निर्णय समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published.