झापाका दुई स्थानीय तहमा पृथ्वीजयन्तीको बिदा

झापा,२६ पुस । झापाको कचनकवल र हल्दिबारी गाउँपालिकाले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा भोलि पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन सूचना निकालेर आह्वान गरेको छ। कचनकवलका अध्यक्ष अन्जरा आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिका मातहत सञ्चालित सबै निकाय, विद्यालय बन्द रहने जनाएको छ।

हल्दिबारीमा कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय, शैक्षिक संस्थामा बिदा गरिएको अध्यक्ष रवीन्द्र लिङ्देनले बताए।

यी दुवै गाउँपालिकाका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )बाट निर्वाचित हुन्।

Leave a Reply

Your email address will not be published.