
झिलझिले,२७ भदौ । झापा शिवसताक्षी नगरपालिका ९ का एक जना कोरोना संक्रमित बृद्ध मृत फेला परेका छन् । आज विहान करिब ४ : ३० बजे तिर वर्ष ६३ बर्षिय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उनी घरको निदाल कपडाको डोरी बनाई झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गत शुक्रवार उनलाई संक्रमण पुष्टि भएको थियो । संक्रमण पछि उनी होम आइसोलेसनमा उपचार गरिआएका शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।