उर्लावारी बसपार्कले अझै पूर्णता पाउन सकेन

उर्लावारी १० साउन । मोरङ्गको उर्लावारीस्थित निर्माणाधिन वसपार्क लामो समय देखि अलपत्र बनेको छ । उर्लावारी–६ स्थित मावाखोला किनारमा निर्माणाधिन वस पार्क बजेट अभावमा लामो समय देखि अलपत्र बनेको हो । निर्माणाधिन वसपार्कसम्म जाने एकतर्फी सडक भएपनि निकासका लागि मावा खोला बाँध तर्फ सडक निर्माण गर्न काम अधुरै रहेको निर्माण समितले जनाएको छ ।

२०७१ सालदेखि निर्माण कार्य थालिएको वसपार्क लगभग एक तिहाई भन्दा काम अघि बढ्न नसकेको निर्माण समितीले जनाएको छ । उर्लावारीको भविष्यसंग जोडिएको बसपार्क चाँडो निर्माण सम्मपन्न गरिन आवश्यक रहेको स्थानीय तरा गुरागाईको भनाई रहेको छ । सहरी बिकास मन्त्रालय अन्तर्गत सहरी विकाश तथा भवन डिभिजन विभागले निर्माण शुरुगरेको बस पार्कका लागि पर्याप्त बजेट विनियोजन नहुँदा काम अलपत्र बनेको छ । बस पार्कका लागि दाताले निःशुल्क उपलब्ध १ विघा १३ कट्ठा जमीन उपलब्ध गराएका थिए ।

सो जग्गा जोखविन तथा संरक्षणका लागि स्थानीय अम्विका वोहोराको अध्यक्ष रहेको जग्गा खोजविन समितीले सुरुमा विनियोजन भएको ४० लाख बजेट खर्च समेत गरि सकेको समितिका सचिब जिवन आचार्यले जानकारी दिए । त्यसपछि आ.व. २०७४,०७५ मा २ करोड ६५ लाख रुपैयाको बजेटबाट जमीन पुराइ, घेरावारा, शौचालय निर्माण, पूर्व–पश्चिम राजमार्ग देखिे निर्माणाधिन वसपार्कसम्म जाने ४ सय मीटर सडक कालोपत्रे गर्ने काम भएका थिए ।

२०७६-०७७ मा छुट्याईएको ५० लाख बजेटबाट कम्पाउण्ड घेराबारा, यात्रु प्रतिक्षालयबाट भविष्य मा आउन सक्ने सवारी चापलाई समेतथेग्न सक्ने गरिको बन्न आवश्यक रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्गको भनाई छ । बहुवर्षिय योजना अन्तर्गत अगाडि बढेको बस पार्क निर्माणमा चालु आ.व.मा बजेट नछुट्याईएका कारण कुनै कार्य अघि बढ्न नसकेको सहरी बिकास कार्यालय बिराटनगरका योजना प्रमुख गंगा प्रसाद यादवको भनाई छ ।

Leave a Reply

Your email address will not be published.