कांग्रेस झापा ५ को क्षेत्रीय सभापतिमा न्यौपाने निर्वाचित

झापा ,१३ असोज । नेपाली कांग्रेसको झापा क्षेत्र नं ५ को क्षेत्रीय सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् । क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ४४१ मत ल्याई न्यौपाने क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी रोशन विष्टले ४२१ मत पाएका छन् ।
त्यस्तै सचिवमा आत्माराम राजवंशी निर्वाचित भएका छन् । त्रिपक्षीय भिडन्तमा २९७ मत ल्याई राजवंशी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु तिलोचन आचार्यले २४३ र पुरण अधिकारीले २२२ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्रीय सहसचिवमा टंकप्रसाद ढकाल तथा सदस्यहरुमा डार्बिन संग्रौला , रबिन्सन रिजाल ,लावन्य खतिवडा, गणेश गौतम ,मानबहादुर दाहाल , एकराज प्याकुरेल ,नगेन्द्र दाहाल ,सोमलाल धिमाल ,डम्बरबहादुर गुरुङ ,मेहरमान पाण्डे ,शान्ती पौडेल ,विनु खतिवडा र चमला धिमाल चयन भएका छन् । क्षेत्रीय सभापति र सचिवबाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो । यसैगरि, प्रदेशसभा (क) को क्षेत्रीय सभापतिमा  भूपालराज कटुवाल र (ख ) तर्फ पर्शुराम रिजाल निर्वाचित भएका छन् ।

महाधिबेशन प्रतिनिधिमा अधिकांस पूरानै अनुहार

झापा क्षेत्र न. ५ को निर्वाचनबाट कांग्रेस महाधिबेशन प्रतिनिधिहरुमा अधिकांस पूरानै अनुहार निर्वाचित भएका छन् । महाधिबेशन प्रतिनिधितर्फका खुला तथा अन्य सवै क्लस्टरहरुमा पूरानै अनुहारले जित हासिल गरेका छन् । जसअनुसार खुलातर्फ ढुण्डिराज भण्डारी, हुकुमसिंह राई, रोहित साह, उमाकान्त आचार्य, हेमन्त् कार्की,मेदनी सिटौला, शुरेस सुव्वा, टिकाराज सापकोटा, रोशन गौतम , अनिलकृष्ण प्रसाई चुनिए । यी मध्ये हुकुमसिंह राई, रोहित साह, सिटौला, कार्की , सुव्वा , सापकोटा र प्रसाई पूरानै हुन् ।
त्यसैगरि, पेशागततर्फ डा. नेत्र बुढाथोकी, दलिततर्फ गंगादेवी बराईली,मोहन बराईली, ,आदिवासी जनजातितर्फ जीवन राई , भूमिराज राई, खसआर्य तर्फ विक्रम अधिकारी , बबरजंग थापा , मधेशीतर्फ सत्यनारायण चौधरी, मुश्लिमतर्फ बुसारा खातुन ,श्रमिकतर्फ रमेशकुमार कामत, युवामा महिलातर्फ सरिता पौडेल , पुरुष तर्फ विनोद चापागाई, स्वर्णिम अधिकारी, अपाङगतातर्फ गोपाल राज दाहाल निर्वाचित भएको क्षेत्रीय निर्वाचन समितिका संयोजक लीला खनालले बताए ।
उनका अनुसार आदिवासी जनजाति महिलातर्फ रमा लिम्बू, फूलवती राजवंशी,खसआर्यतर्फ (महिला) मेनुका बुढाथोकी र सुमित्रा खरेल निर्वाचित भएकी छन् । यस्तै खुल्ला महिलातर्फ रेगिना भट्टराई, लक्ष्मी बाह्कोटी, मन्दरा चिमरिया पौडेल र रामकुमारी पौडेल निर्वाचित भईन् । रामकुमारी वाहेक सवै पूरानै अनुहार हुन् ।

पछिल्लो शंसोधित विधान अनुसार व्यवस्था गरिएका क्लस्टरहरु वाहेक अन्य पदहरुमा भने १० औ महाधिबेशनबाट निर्वाचित हुदैआएका नेताहरुले यसपटक पनि बाजीमार्न सफल भएका छन् । पार्टीमा पुस्तान्तरण र युवालाई नेतृत्व हस्तान्तरणको राजनीतिक मुद्या निकै प्रमुखताका साथ उठान हुदैआएता पनि यसपटक पनि झापामा महाधिबेशनले यो मुद्या केवल मुद्या मात्र बन्न पुगेको कांग्रेसकै अगुवाहरुको भनाई छ । कांग्रेसका झापा जिल्ला उपसभापति शेरवहादुर भटटराईले कांग्रेस बदल्नका लागि पहिले आफूबाट ठोस कदमको शुरुवात हुनुपर्ने बताउँछन् । क्षेत्रीय अधिबेशनको अघिल्लो दिन आफनो सामाजिक सञ्चालमा विचार राख्दै उनले यो अधिबेशनमा कुनै पदका लागि उम्मेदवार नबन्ने जनाउ दिदै अव पार्टी नेतृत्वको जिम्मेवारीमा दावी नगर्ने उल्लेख गरे । पार्टीमा समय अनुसार नयाँ पुस्तालाई पदीय जिम्मेवारी मार्गप्रशस्त गरेकाले यसले पार्टी गतिशील बन्ने उनको जिकीर छ ।
८१ बर्षिय प्रसाई सेनानीतर्फ निर्वाचित
झापा, गौरादह निवासी पूराना नेता वीरवहादुर प्रसाई लोकतान्त्रिक सेनानी क्लष्टरबाट महाधिबेशन प्रतिनिधि निर्वाचित भए । यस क्षेत्रका पूर्व सभापति समेत रहेका ८१ बर्षिय उनी निर्विरोध निर्वाचित भएका हुन् । उनी पूर्वकै ज्येष्ठ महाधिबेशन प्रतिनिधि हुन सक्ने दावी गरिएको छ ।

झापा–४ को क्षेत्रीय सभापतिमा पर्शुराम ढुङ्गाना निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा पर्शुराम ढुङ्गाना निर्वाचित भएका छन्।ढुङ्गाना ४३३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनले शिवकुमार कँडेललाई हराएका छन् । कँडेलले ३८७ मत ल्याएका छन् ।
त्यस्तै, क्षेत्रीय कार्यसमितिको सह–सचिवमा मनोज बस्नेत निर्वाचित भएका छन्। उनले ४६६ मत प्राप्त गरेका छन्। उनका प्रतिष्पर्धी डिल्ली रिजालले २८५ मत पाएका छन् ।
क्षेत्रीय कार्यसमिति सदस्यमा ताराकुमार कार्की ३३७, अर्जुन भट्टराई ३३३ र धर्मनारायण राजवंशी ३०२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सदस्य पदका अन्य प्रतिष्पर्धीहरु कृष्णकुमार सुवेदीले २३५ , दिपककुमार प्रसाईले २०९ , केदारनाथ कडरियाले १८५ ,नवराज सिटौलाले १७५ र विष्णु ढुंगानाले १२५ मत ल्याएका छन् ।
यसैगरी, झापा–४ अन्तर्गत प्रदेशसभा क्षेत्र (क) को सभापतिमा विनोद ढकाल २७१ मतसहित निर्वाचित भएका छन्। प्रदेशसभा क्षेत्र (ख) को सभापतिमा रोहित खवास ३५४ मत प्राप्त गर्दै विजयी भएका छन्।

कांग्रेसको महाधिवेशन स¥यो
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ। यसअघि तय भएको मितिमा देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले महाधिवेशन उद्घाटन समारोहको मिति सारिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार १५औँ महाधिवेशनको उद्घाटन समारोह अब २०८३ असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्।
भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएकाले सोही परिस्थितिलाई मध्यनजर गर्दै उद्घाटन समारोहको मिति परिवर्तन गरिएको कांग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published.