दमक,१३ असोज । झापाको दमक–८ सेतुमारी मार्गमा मुख्य कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
संस्थाको भवनमा गत शनिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२-०८३ को आर्थिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुका साथैं विभिन्न विषयगततर्फ उत्कृष्ट सदस्यहरुलाई प्रोत्साहन वापत सम्मान तथा पुरस्कृत गरिएको छ ।
संस्थाले नियमित वचतकर्ताहरुबाट छनौट गरी उत्कृष्ट वचत गर्ने शेयर सदस्यहरु र कर्जा (ऋण) कारोबार गर्नेहरुबाट छनौट गरी उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार गरिएको हो । संस्थाका कोषाध्यक्ष पारषमणि राईका अनुसार यसरी सम्मानित हुनेहरुमा बचततर्फ चुनकुमारी थेवे, शारदा तामाङ,सीता देवान, पानबहादुर राई, संगीता लिम्बू,पीवादेवी लामा, धनमाया तामाङ,उत्कृष्ठ ऋणीतफै सृजना माखिम, मनु राई,चन्द्रकला राई, हरिचन्द्र राई र राजेन्द्रकुमार माखिम रहेका छन् ।
त्यस्तैं, अवकास प्राप्त भूपु वृटिश गोर्खा, भारतीय गोर्खा, सिंगापुर गोर्खा पुलिस, नेपाली सेना, नेपाल प्रहरीहरुवाट उमेरले जेष्ठताका आधारमा छनौट गरी सम्मान गरिएको छ ।
जेष्ठ सदस्यहरुबाट आइतराज तामाङ,पार्वती राई ,भूपू सैनिकतर्फ भारतीय सैनिकका तमरबहादुर गुरुङ,व्रिटीसतर्फ नारायण वनेम ,सिंगापुर आर्मीका ताराबहादुर राईलाई वार्षिक साधारणसभामा सम्मान गरिएको छ । त्यस्तैं, कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु प्रकृति मेचे ,नुमा लिम्बूलाई जनही नगद रु ५ हजार र स्नातक तह उत्तीर्ण शुसान्त साङपाङ र नियुमा राईलाई नगद ७ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
त्यस्तै, उत्कृष्ठ बालबचत तर्फ नियमित बचत गर्ने युन्छोहाङ आङदेम्बे , मिङसा आङदेम्बे , उत्कृष्ट कृषकबाट इलाम चुलाचुली सेवा केन्द्रका सदस्य शिवलाल
गिरीलाई सम्मान- पत्र प्रदान गरिएको थियो ।
यसैगरि, वर्षेनी संस्थामा कार्यरत कर्मचारी चन्द्रबहादुर कन्दङवालाई उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै नगदसहित प्रंशसापत्रद्धारा सम्मान गरिएको छ । सञ्चालक समितिका अध्यक्ष लछुदास राईको अध्यक्षता र संस्थाका जेष्ठ सदस्य तथा पूर्व उपाध्यक्ष लोकप्रसाद कन्दङवाको प्रमुख आतिथ्यतामा भएको वार्षिक साधारणसभा सभामा उपाध्यक्ष टंकप्रसाद दुलालले स्वागत मन्तव्य राखेका थिए । सभामा व्रिटीस सैनिकका पूर्व क्याप्टेन बुद्धिबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।
सो सभामा सञ्चालक समितिको तर्फबाट संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष लछुदास राई र लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रमान चाम्लिङ राईले बार्षिक प्रतिवेदन पेश गरेका थिए ।
सोही अवसरमा संस्थाको वन्द सत्रले संस्थाका अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन, लेखा समितिका प्रतिवेदन सुझावसहित पारित गरिएको प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र वान्तवा राईले जानकारी दिए ।
संस्थाले गतवर्ष इलामको चुलाचुली गाउँपालिकामा सेवा केन्द्र विस्तार गरि सदस्यहरुलाई सेवासमेत प्रदान गर्दै आइरहेको सञ्चालक समिति सचिव दिपेनवाला राईले बताए ।
