दमक,१५ असोज । फूटवल खेलका पूर्व राष्ट्रिय खेलाडी दमक निवासी गजेन्द्र देवानले (गजु) विहिबारदेखि शुरु भएको कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप प्रतियोगिताको पहिलो पुरस्कार प्रदान गरेका छन् ।
दमकस्थित माया क्याफेका सञ्चालकसमेत रहेका देवानले आइतवार पुरस्कार वापतको १ लाख रकम आयोजकलाई हस्तान्तरण गरेका हुन् । प्रतियोगिताको आयोजक दमक भेट्रान फुटबल क्लब हो । क्लवका अध्यक्ष समेत रहेका देवानले सो रकम क्लबका सचिव वीरेन राई, कोषाध्यक्ष सुभाष राई र सदस्य चन्द्र गजमेरलाई हस्तान्तरण गरे ।
दमक–२ बेलडाँगी खेलमैदानमा आयोजना हुने प्रतियोगितामा बिजेताले नगद पुरस्कार रु १ लाख एक हजार र उप बिजेताले रु ५१ हजार प्राप्त गर्ने छन् ।