दमक,१५ असोज । नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत झापा क्षेत्र न. ५ मा भएको निर्वाचनबाट दमकको एउटा वडाका ९ जना महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
गौरादहमा गत १२ असोजमा सम्पन्न क्षेत्रीय अधिबेशनको निर्वाचन कार्यक्रमबाट कांग्रेस महाधिबेशन प्रतिनिधिहरुमा क्षेत्रभरिनै अधिकांस पूरानै अनुहार चुनिए भने दमकको एउटा वडाबाट भने एकैसाथ ९ जना उम्मेदवारले महाधिबेशन प्रतिनिधि जितेर आन्तरिक निर्वाचनमा रेकर्डनै बनाएका सफल भएका छन् ।
दमक ९ वडाबाट अघिल्लो महाधिबेशनका भन्दा खुलासहित विभिन्न क्लस्टरहरुबाट झण्डै दोव्वर संख्यामा महाधिबेशन प्रतिनिधिहरुले जित हासिल गरेका हुन् । गएको १४ औं महाधिबेशनमा भने यस वडाबाट ५ जना महाधिबेशन प्रतिनिधि चुनिएका थिए ।
महाधिबेशन प्रतिनिधितर्फ यसपटक भाग्यमानी बनिन् गतवर्ष भएको संघीय निर्वाचनकी प्रत्यासी मन्धरा चिमरिया पौडेल । उनी खुलामहिला कोटाबाट जित्दा उनकी छोरी सरिता ३५ बर्ष मुनीको उमेर समूहबाट महाधिबेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भईन् । सरिताले एकैपटक आन्तरिक निर्वाचनमा सफलता पाउन सफल भएन भने आमा मन्धराको यो महाधिबेशन प्रतिनिधिमा दोश्रो पटक हो ।
उनीहरुसंगै सो वडाबाट खुलातर्फ उमाकान्त आचार्य ,मेदनीप्रसाद सिटौला,खस आर्यबाट विक्रम अधिकारी, पेशागतबाट डा. नेत्रबहादुर बुढाथोकी महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएको क्षेत्रीय निर्वाचन समितिले जनाएको छ ।
यसैगरि, सोहि वडाकी मुश्लिमतर्फ बुसारा खातुन ,श्रमिकतर्फ रमेशकुमार कामत निर्विरोध निर्वाचित भए । यता सोहि निर्वाचनबाट प्रदेशसभा (ख)का क्षेत्रीय सभापतिका रुपमा पर्शुराम रिजालले बाजी मारेका थिए । प्रदेशसभा सभापति विधानतः महाधिबेशन प्रतिनिधि मानिन्छन् । उनीहरु मध्ये क्लस्टरकी खातुन, कामत, खुलाका उमाकान्त, युवाकी सरिता र प्रदेशसभा सभापति रिजाल नयाँ अनुहार हुन् ।
झापा ५ निर्वाचन क्षेत्रमा दमकसहित कमल ,गौरादह, गौरीगञ्जका गरि २९ वटा वडा पर्दछ । सो वडामा ४५१ जना पार्टी क्रियाशील सदस्य छन् । त्यही क्रियाशील सदस्यहरुले वडाबाट ५१ जना क्षेत्रीय प्रतिनिधिहरुलाई चुनेको थियो । सोहि वडाका निवर्तमान सभापति युवराज कोइराला यस वडाले आन्तरिक निर्वाचनमा महाधिबेशन प्रतिनिधिहरु लगायतका पदहरुमा जिताएर निकै ठुलो जिम्मेवारी दिएको बताउँछन् । यो नतिजाले पार्टी संगठन मजवुत बनाउन कार्यकर्ताहरुले उहाँहरुलाई जिम्मेवारी मात्र नभएर काम गर्न अवसर दिएको विचार राख्छन् उनी ।
क्षेत्रीय निर्वाचन समितिका संयोजक लीला खनालका अनुसार निर्वाचनबाट कुल ३३ जना महाधिबेशन प्रतिनिधि निर्वाचित गरेको छ । निर्वाचित अधिकांस पूरानै अनुहारका छन् । निर्वाचनमा यस क्षेत्रका ९१९ जना मतदाताहरु मध्ये ९०३ मत खसेको थियो ।
यसैवीच, निर्वाचन समितिले नवनिर्वाचित महाधिबेशन प्रतिनिधि ,क्षेत्रीय समिति तथा प्रदेश सभाका नवनिर्वाचित सभापतिसहित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा सपथग्रहण गरिएको संयोजक लीलाराज खनालले जानकारी दिए । कार्यक्रम दमकस्थित कांग्रेस पार्टी कार्यालयमा भएको थियो ।