राष्ट्रिय उद्योग व्यवसायी महासंघ दमकको अध्यक्षमा खतिवडा(नामावलीसहित )

दमक,१६ पुस । नेकपा एमाले निकट उद्योगी ,व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघ दमकको नयाँ नेतृत्व चयन भएको छ । महासंघ दमक नगर कमिटीको आज सम्पन्न प्रथम सम्मेलनले युवा व्यवसायी विमल खतिवडाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी सर्बसम्मत चयन गरेकोछ ।
कमिटीको उपाध्यक्षद्धयमा गोपाल गुरागाई , दिपक गौतम , सचिवमा सुयोग खरेल र कोषाध्यक्षमा राजिब पूर्वे चयन भएका छन् । त्यसैगरी उपसचिवमा सोम चम्लागाई, रमेश लुइँटेल र बिना साह तथा सहकोषाध्यक्षमा मन्जु गुप्ता चयन भएका छन् । कमिटीको सदस्यहरुमा मधु गुप्ता,निरज आचार्य,लोकेश सापकोटा,प्रमिला दाहाल मिश्र,मनोज राय,रामकुमार राई,चन्द्रनुमा लिम्बू,राजन खड्का,टिका खतिवडा,कविन श्रेष्ठ रहेका छन् । यस्तै,सुमन भटटराई,कृष्ण अधिकारी,चिरन न्यौपाने,कृष्ण खनाल,मोनिका गुरुगं,मिन मगर,उमेश अग्रवाल,राजा अग्रवाल, तोयानाथ अधिकारी,उमेश रसाईली ,राजेश अग्रवाल,कविता अधिकारी , सन्दिप न्यौपाने लगायत रहेका छन् । महासंघका सचिवालय सदस्य एवं प्रदेश १ अध्यक्ष गणेशबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको भएको सम्मेलनको उद्घाटन कार्यक्रममा महासंघका अगुवा तथा पार्टी प्रतिनिधिहरुले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.