झापा, १ कात्तिक । घरको छतबाट हामफालेर झापाको शिवसताक्षीमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका -९ दुधे शान्तिमार्ग बस्ने ३० वर्षीय पुजन काम्बाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार आज दिउँसो १२.३० बजे काम्बाङले आफ्नै अढाई तले घरको छतबाट हामफालेका हुन् । छतबाट झरेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक पुजन डिप्रेसनका विरामी रहेका थिए । केही दिनअघि मात्र उनलाई सुधारगृहबाट घर ल्याइएको थियो । घटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।