मेलमिलाप तथा एकताको नीति देशलाई खाँचो भएकोमा जोड

दमक,१६ पुस । नेपाली काङ्ग्रेसका नेताहरुले महामानव बीपि कोइरालाले लिनु भएको मेलमिलाप तथा एकताको नीतिलाई काङ्ग्रेसको हरेक तह तप्कामा ब्यवहारिक बनाउन आवश्यक रहेको जोड दिएका छन् ।
झापा क्षेत्र नम्बर ५ ले आज शुक्रबार दमकस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको ४५ औ मेलमिलाप तथा एकता दिवसको अवसरमा आयोजित बिचार गोष्ठीका वक्ताहरुले वीपी कोइरालाको मेलमिलाप र एकताको नीति अहिले पनि उतिकै सान्र्दभिक भएको औल्याएका छन् ।
काङ्ग्रेसकी केन्दीय सदस्य समेत रहेकी प्रतिनिधिसभाकी सांसद महेन्द्र कुमारी लिम्बूले कांग्रेस महाधिवेशनपछि एक ढिक्का भएको भन्दै नेतृत्वको आलोचना गरेर कांग्रेस अघि बढन नसक्ने भन्दै आफनो गृह जिल्ला झापामा सिंगो कांग्रेस मात्रै रहेको दाबी गरिन् ।
उनले सबै खाले गुट वा समूहको अन्त्य भइसकेको पनि जिकिर गरिन् ।
काङ्ग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माले बीपीले लिनु भएको मेलमिलापको नीति सबै नेता कार्यकर्ताले आत्मसात गर्नुपर्ने बताए । उनले काङ्ग्रेस बोली व्यवहारमा फरक हुन नहुने भन्दै गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको कांग्रेस जे बोल्छ त्यही गर्छको वाणीलाई स्मरण गर्न आग्रह गरे ।
उनले महाधिवेशन सकिए लगत्तै देखि सबै किसिमका मत भिन्नताहरुको अन्त्य गर्न र नेतृत्वलाई स्वीकारेर अघि बढ्न पनि सुझाव दिए । अर्का बक्ता काङ्ग्रेसका १ नम्बर प्रदेश समिति सदस्य हुकुमसिंह राईले औपचारिक कार्यक्रमको महत्व र गरिमाको ख्याल राख्दै जनतामुखी कार्यक्रम गरिनुपर्ने खाँचो औल्याए । उनले नेता कार्यकर्तामुखी र कार्यकर्तामुखी मात्रै हुँदा कांग्रेसले कुनै निर्वाचन जित्न नसक्ने भन्दै अब जनताको दुखसुखको साथीका रुपमा नेपाली कांग्रेसलाई स्थापित गराउन आवश्यक भएको बताए ।
सो अवसरमा प्रदेश सदस्य चन्द्रकुमारी खड्का भट्टराई , काङ्ग्रेस झापाका उपसभापति शेर बहादुर भट्टराई , महाधिवेशन प्रतिनिधिद्वय डाक्टर खगेन्द्र पाण्डव अधिकारी, मेदनी प्रसाद सिटौला लगायत क्षेत्र नं ५ अन्तर्गतका पालिका सभापतिहरुले नेपाली राजनीति तथा समाजमा स्व वीपी कोइरालाको योगदानको महत्व माथि चर्चा गरेका थिए । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश क्षेत्र कका सभापति जीवन राईले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन क्षेत्रीय सचिबद्धय धर्मानन्द भट्टराई र मुकुन्द उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.