झापा, २९ मंसिर । नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा पुनः एकराज गिरी अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा आफ्ना तीनजना प्रतिष्पर्धीहरुलाई पछि पार्दै गिरी अत्यधिक मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गिरी १३१ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु डिकेश लामा र राजेन्द्र गौतमले ३४–३४ मत ल्याएका छन् भने टीकाराम नेपाल नेतीले मात्र ४ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा सुब्रत न्यौपाने १२२ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धी गणेशमान मुखियाले ८१ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा विनिता गौतम निर्वाचित भएकी छन् । उनले १०६ मत ल्याउँदा सुशिला संग्रौलाले ८९ मत पाएकी छन् ।
९९–९९ मत ल्याएका परियार र पाठकबीच आलोपालो नेतृत्व गर्ने गरि सहमति भएको र पहिलो कार्यकाल पाठकले नेतृत्व गर्ने भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै सहसचिव (समावेशी)मा १११ मतसहित तिलक तामाङ योञ्जन निर्वाचित हुँदा उनका प्रतिष्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत पाए । कोषाध्यक्षमा मुक्तिनाथ पौडेल ९९ मतसहित विजयी भए । उनका प्रतिष्पर्धीहरु पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गरेका छन् । खुल्ला सहसचिवमा भने यसअघि नै रमेश तिवारी निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै खुल्ला सदस्यमा अस्मिता साँखी १४८ , इशा प्रधान १३५ , स्वस्तिका आचार्य १३३, विनोद पाण्डे १३३ , द्रोण अधिकारी १२८ , सुदिप अधिकारी १२६ , दिपेश राजवंशी ११७ , देवेन्द्र प्रसाई ९५ र भूमिराज पराजुली ९४ मतसहित निर्वाचित भएका छन् ।
त्यस्तै महिला सदस्यमा भूकुमारी लिम्बू निर्वाचित भएकी छन् । उनले ११२ मत ल्याउँदा उनका प्रतिष्पर्धी सविना लिम्बूले ७८ मत पाएकी छन् । त्यस्तै आदिवासी जनजाति सदस्यमा इन्द्रबहादुर राई ११० मतसहित निर्वाचित हुँदा नरेश गुरुङले ७१ मत पाएका छन् ।
त्यस्तै मधेसी सदस्यमा सन्तोष शर्मा १०० मतसहित निर्वाचित हुँदा मनकुमार शर्माले ९१ मत ल्याएका छन् । दलित सदस्यमा मनकुमार गदाल निर्विरोध भएका थिए ।त्यस्तै १३ जना प्रदेश परिषद सदस्य पनि निर्विरोध भएका थिए ।
निर्वाचनमा दुईवटा प्यानल उत्रिएको थियो । अध्यक्ष पदमा भने दुईवटा प्यानलसंगै अन्य दुईजनाले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । २२० सदस्य रहेको झापा शाखामा २०५ जनाले मतदान गरेका थिए । केन्द्रीय परिसद् सदस्यमा झापाबाट २ जना निर्वाचित भएका छन् भने २ जना निर्विरोध भए ।
केन्द्रीय परिषद सदस्यमा सुब्बा र कार्की निर्वाचित
महासंघ झापाको दुई केन्द्रीय परिसद् सदस्यमा विष्णु सुब्बा र अर्जुन कार्की निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्यमा सुब्बाले १०१ र अर्जुन कार्कीले ९९ मत ल्याएर निर्वाचित भएका हुन् ।
केन्द्रीय परिसद् सदस्य पदका प्रतिस्पर्धीहरु कमन देवानले २८, नेत्रविक्रम विमलीले ३७, पर्वत पोर्तेलले ६४ र होमप्रकाश अधिकारीले ५६ मत मात्र प्राप्त गरेका निर्वाचन अधिकृत शिरो सान्दाईले बताए ।
झापाबाट ४ जना केन्द्रीय परिसद् सदस्यमा ८ जनाको उम्मेदवारी दर्ता भएको थियो । २ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।निर्विरोध निर्वाचित हुनेमा महिलाबाट लिला अनमोल र आदिबासी जनजातिबाट विशाल नेम्बाङ रहेका छन् ।