झापा, १९ असोज । झापाको हल्दिवारीमा साना किसान चिया फ्याक्ट्रीको ट्याक्टर पल्टिदा सहचालकको मृत्यु भएको छ । दुई दिनअघि ट्रयाक्टर पल्टिएर घाइते भएका भारत पश्चिम वंगाल वतासी बस्ने ४० बर्षिय सहचालक धिरेन राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो । असोज १६ गते बिहान ८.३० बजे हल्दिबारी गाउँपालिका–२ बेलागरा चोकमा हल्दिबारी –४ बस्ने ३५ वर्षीय राजकुमार मेचेले चलाएको मे १ त ७०३७ नं. को साना किसान चिया फ्याक्ट्रीको चिया बोकेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सो दुर्घटनामा राजवंशी घाइते भएका थिए । घाइतेलाई उपचारको लागि पाथिभरा हस्पिटल भद्रपुर लगिएको थियो । उपचारका क्रममा आइतवार दिउँसो १ बजे उनको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न टयाक्टर र चालक मेचेलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।