दउवा संघलाई सर्वपक्षीय बनाउन लोकतान्त्रिक व्यवसायीहरु जुट्दै

दमक ,२५ मंसीर । दमक उद्योग वाणिज्य संघको आउदो पुस मसान्ततिर हुने निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।संघको नेतृत्व हत्याउन नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका व्यवसायीहरुले भने तीन महिना अघिनै उम्मेदवारी घोषणा गरेका थिए । एमालेबाट अध्यक्षमा भरत चम्लागाईको एकल प्यानल र राप्रपाबाट राजु खड्कालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

लामोसमयदेखि संघको नेतृत्व गरिआएको नेपाली कांग्रेस निकटका व्यवसायीहरुले भने संघलाई साझा बनाउन उद्योगी,व्यवसायीहरुवीच सहकार्य गरि उम्मेदवार तय गर्ने भएको कांग्रेस निकट व्यवसायीका एक नेताले जनाएका छन् ।
सोमबार दमकस्थित कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले दउवासंघको निर्वाचनमा आफनो शाखलाई निरन्तरता दिन छलफल थाल्ने निर्णय भएको सचिव दिपेश दाहालले बताए ।
संघमा लोकतान्त्रिक व्यवसायीहरुको नेतृत्वलाई थप सृढृण बनाउदै उद्योगी,व्यवसायीहरुको हितमा काम गर्नका लागि सवै पक्षका व्यवसायीहरुसंग वार्ता र संवाद अघि बढाउने निर्णय भएको सचिव दाहालले बताए ।

पार्टीका अगुवासहित उद्योगी,व्यवसायीहरुको उपस्थितिमा बसेको बैठकले वार्तासहित निर्वाचन परिचालन समिति गठन गरिएको छ । जसअनुसार वार्ता गर्न पार्टी क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको संयोजकत्वमा कांग्रेस झापा उपसभापति शेरबहादुर भटटराई,प्रदेश सभा सभापति रवि केसी, नगर सभापति प्रकाश प्रसाई, पूर्व सभापति रोशन विष्ट र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ रहेका छन् । त्यस्तै, केन्द्रीय सदस्य श्रेष्ठकै संयोजकत्वमा सात सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेस नगर उपसभापति युवराज खनालले बताएका छन् ।
छलफलमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई,पार्टीका नेताहरु, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

साधारणसभाको तयारी तीव्र

संघको पुस ४ गते हुने ३४ औ बार्षिक साधारणसभाको तयारी तीव्र पारिएको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा हुने साधारणसभा भव्यताका साथ सम्पन्न गर्न आवश्यक सवै तयारी तीव्र पारिएको अध्यक्ष गोपाल गुरागाईले बताए ।
साधारणसभाले संघद्धारा प्रस्तुत आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गर्नुका साथैं नयाँ नेतृत्वका लागि निर्वाचनको मिति तय गर्ने जनाइएको छ ।  संघमा आवद्ध करिव २ हजार ३ सय सदस्यहरु मतदाता रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.