ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

इलाम ,१३ मंसीर । ट्रकले स्कुटरलाई ठक्कर दिँदा शनिवार इलाममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार इलाम नगरपालिका -९ गोलबस्ती बस्ने २६ वर्षीय डेविट थापा मगर र माईजोगमाई गाउँपालिका -१ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने १८ वर्षीय छेवाङ शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार शनिवार दिउँसो ३ बजे इलाम नगरपालिका ९ भञ्ज्याङ गोलाईस्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ न.को ट्रकले बिपरित दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ न.को स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट गंभीर घाइते दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल इलाममा लगिएकोमा उपचारको क्रममा दिउँसो ३ः४५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

ट्रक चालक इलाम नगरपालिका ५ बिब्ल्याटे बस्ने २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.