दमक ,१८ कार्तिक । झापाको दमकमा आजदेखि आदिवासी जनजाति संस्कृतिक महोत्सव सुरु हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ दमकको संयुक्त आयोजनामा सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ
महासंघले मङ्गलबार दमकमा पत्रकार सम्मेलन गरी महोत्सव तयारी, उद्देश्यका विषयमा जानकारी दिएको हो। महासङ्घका अध्यक्ष अमर बहादुर कुमालले महासङ्घको सहयोगार्थ १५ दिने महोत्सव यहि मंसीर २ गतेसम्म सञ्चालन हुने छ ।
दमकमा महासङ्घको यो तेस्रो महोत्सव हो । २०६८, २०८१ साल पछि यस वर्ष पनि महोत्सवको आयोजना गरिएको अध्यक्ष कुमालले जानकारी दिए। यसअघिका दुवै महोत्सव लक्ष्यअनुसार सफल भएपनि संस्थाको आर्थिक विषयमा टेवा पुग्न नसकेको उनले सुनाए। तर यो महोत्सवबाट खर्च बचाएर बचत गरेको रकमलाई दमक ८ मा रहेको आफ्नो जमिनमा बनिने योजनामा खर्च गरिने अध्यक्ष कुमालको भनाइ छ ।
उनका अनुसार महोत्सवलाई सफल बनाउन महासंघमा आबद्ध सबै १५ वटा जातिय संस्थाहरू परिचालित छन् ।
महासङ्घ कि नगर सचिव समुन्द्रा लामाले सञ्चालन गरेकी सो पत्रकार सम्मेलनमा किरात राई, लिम्बु, सुनवार, धिमाल, कुमाल, गुरुङ लगायतका जातीय संस्थाको प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
दमक ७ स्थित सयपत्री टोलमा लाग्ने महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। त्यस्तै, विभिन्न खेल तमासा , खानपिनका स्टलहरू, दैनिक उपभोग्य सामग्रीहरूका विभिन्न स्थल रहने उपाध्यक्ष भगवती श्रेष्ठले बताइन्। महोत्सवमा ५० हजार बढी दर्शकले अवलोकन गर्नुका साथै १ करोड बढीको कारोबार हुने अनुमान गरिएको सचिव समुन्द्र लामाले बताइन्। उनका अनुसार महोत्सव उद्घाटन पूर्व विहान दमकमा जातिय संस्थाहरु सम्मिलित झाँकीसहितको रयाली निकालिने छन्
महोत्सवको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साँझमा भने राष्ट्रिय कलाकार सिद्धान्त खड्का, मिलन परियार लगायतको विशेष प्रस्तुति रहने महासंघकी कोषाध्यक्ष ओममाया आङदेम्बे बताइन्।