दमक,१३ मंसीर । दमक घर भई अमेरिकामा बस्दैआएका योगेन्द्र विमलीले दमक तेक्वान्दो डोजाङलाई खेल सामाग्री (किक व्याग) सहयोग दिएका छन् । तेक्वान्दो खेलको विकासमा टेवा पुरयाँउने उद्देश्यले दाता बिमलीले रु २० हजार मूल्य पर्ने एक थान किक व्याग सहयोग प्रदान गरेको अध्यक्ष जितु धिमालले बताए ।
एक वर्ष अघि स्थापना भएको डोजाङले तेक्वान्दो खेलको विकासका निम्ति दमकका ढुकुरपानी माविसहितका ५ वटा विद्यालयमा प्रशिक्षण सञ्चालन गरिआएको छ । ती प्रशिक्षणमा करिव २ सय ५० बढी विद्यार्थीहरु सहभागि छन् ।
यसैवीच, डोजाङका १० जना खेलाडीहरु काठमाण्डौंमा हुने १३ औ कोरियन एम्बेसडर इन्टल ओपन तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा भाग लिन शनिवार त्यसतर्फ प्रस्थान गरेका छन् ।खेलाडीहरुको टोलीमा प्रशिक्षकद्धय प्रतिमा तामाङ र आयुस धिमाल संलग्न छन् ।
अध्यक्ष धिमालका अनुसार १० देखि १६ वर्षसम्मका सहभागि ४ महिलासहित १० जना खेलाडीहरु प्रतियोगिताको पुम्से र फाइटिङतर्फ प्रतिष्पर्धा गर्ने छन् ।काठमाडौंको सातदोवाटोस्थित तेक्वान्दो कर्भड हलमा मंसीर १५ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित अन्तराष्ट्रिय स्तरका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
