दमकमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

दमक,९ मङसिर । झापाको दमकमा आजदेखि लैंङगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । १६ दिनसम्म सञ्चालन हुने सो अभियानको आज यहाँ दीपप्रज्वलन गरेर उद्घाटन गरिएको हो ।अभियान अन्तर्गत दमकमा अधिकारवादी विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायहरुको उपस्थितिमा नौमती पञ्चैबाजासहित प्रभातफेरीको आयोजना गरिएको छ ।
दमकस्थित गणतन्त्र चोकमा औपचारिक कार्यक्रम समेत गरि सहभागीहरुले लैंगिक हिंसा न्यूनिकरण सम्बन्धि नाराहरु लेखिएको प्लेकार्ड बोकेर ¥यालीमा सहभागिता जनाएका थिए । सो ¥याली दमक नगरपालिका कार्यालय परिसरमा पुगेर समापन गरिएको थियो ।
समापन कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना प्रसाई भट्टराईले लैङ्गिक हिंसा बिरुद्ध अभियानको उद्देश्य र यसप्रति समाजका हरेक समुदायको सामूहिक प्रतिबद्धताको खाँचो रहेकोमा जोड दिईन् । उनका अनुसार अभियानका क्रममा विभिन्न कार्यक्रम गरिने छ ।
प्रभातफेरीमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख भट्टराई, इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश्वर तिम्सिना, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा, नगरपालिकास्थित १० वटै वडाका जनप्रतिनिधिहरु , दमक नगरपालिका महिला स्वास्थ्य स्वयमसेविका , लिड नेपाल दमक, दमक ज्येष्ठ अभिभावक सेवा समाज , दमक अपाङ्ग सहयोग समिति, नेपाल तेक्वान्दो संघ, आम्दा अस्पताल, भुटानी शरणार्थी महिला समूह, असहाय मानव सेवा समाज लगायतका बिभिन्न सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागितामा रहेको थियो ।

Leave a Reply

Your email address will not be published.