पितृको स्मृतिमा कटुवाल परिवारले बनाईदिए मन्दिर र बिश्रामस्थल

गौरादह ,८ मंसिर । झापा गौरादह- १ का धार्मिक तथा सामाजिक ब्यक्तित्व कर्ण बहादुर कटुवालले आफना दिवंगत मातापिताको स्मृतिमा ३२ लाख रुपैयाँको लागतमा मन्दिर र मलामी बिश्रामस्थल घर बनाइदिएका छ्न ।
कटुवालले गौरादह- १ र कमल -१ को सिमानामा पर्ने माथ्लो किस्नी घाटमा रु २१ लाखको लागतमा गोपेश्वर महादेवको मन्दिर र दुई सय बढी मानिस अट्न सक्ने क्षमता भएको मलामी विश्रामस्थलको संरचना बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन् । मन्दिरसहितको नवनिर्मित बिश्रामस्थलको कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।
शुक्रवार सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका निर्वतमान मुख्यमन्त्री कार्कीले उद्घाटनका क्रममा कटुवाल परिवारको देन प्रंशसनीय भएको उल्लेख गरे । त्यस अवसरमा दाता परिवारले ती संरचनाको स्वामित्व माथिल्लो किस्नी घाट संरक्षणको जिम्मेवारी प्राप्त गौरादह १ नम्बर वडाध्यक्ष नगेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, कार्यक्रममा दानवीर कर्णबहादुर कटुवाललाई सम्मान समेत गरिएको थियो ।
सो अवसरमा प्रदेश सभा सदस्य अमर बिष्ट, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलबर्षा राजबङ्शी, निबर्तमान गौरादह नगर प्रमुख रोहित साह लगायत सो क्षेत्रका राजनीतिक, सामाजिक ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कटवाल परिवारले विभिन्न समयमा सो क्षेत्रका आधा दर्जन मठमन्दिर , जनता मावि, ईलाका प्रहरी कार्यालय गौरादह लगायतलाई झन्डै रु ५ करोड मूल्य बराबरको दान तथा सहयोग गरेर सामाजिक , धार्मिक क्षेत्रमा योगदान दिदैआएका छन् ।

Leave a Reply

Your email address will not be published.