दमकबाट तास खेल्ने ११ जना पक्राउ

दमक, ८ मंसिर । दमक ७ को एक घरमा तास खेलिरहेको अवस्थामा नगद,ताससहित ११ जना जुवाडेलाई दमक प्रहरीले पक्राउ गरेको छ ।दमक- ७ हाटखोलास्थित कर्णबहादुर राईको घरमा विहिबार साँझ ६.३० वजे पैसाको बाजी थापेर जुवाजन्य खेल तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा घरधनी ४१ बर्षिय कर्णबहादुर राई , दमक- ७ का ४८ बर्षिय रत्नबहादुर विश्वकर्मा, सुनसरी वराहक्षेत्र -५ बस्ने वर्ष ४५ का सुरेशकुमार बिष्ट ,धरान- १३ बस्ने वर्ष ४१ का रबिकुमार राई ,सोही उपमहानगरपालिका- १४ बस्ने वर्ष ४७ का कृष्णप्रसाद पाठक, मोरङ बिराटनगर -१ बस्ने वर्ष ५५ का हरि पाण्डे ,बराहक्षेत्र -५ बस्ने वर्ष ४० का उत्तम मगर ,धरान- १६ बस्ने वर्ष ४० का प्रदिप गिरी ,धरान -१८ बस्ने वर्ष ३४ का किशन घिमिरे , ईटहरी -१८ बस्ने वर्ष २९ का नरेश चौधरी र धरानका ३० बर्षिय करणबहादुर मगर रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा खालमा पैसाको बाजी थापी तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनीहरुको साथबाट ३ लाख ५३ हजार ६०० नगद , तीन बुङको १६५ पत्ता तास बरामद भएको छ । उनीहरुलाई कानूनी कार्वाहीका लागि आज अदालतबाट म्याद थप गरिने डीएसपी रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.