हुकुमसिंहले दिए मिगौला विरामीलाई सहयोग

विरामी परिवारका साथ राई ।

दमक,३० कार्तिक । झापा, कमल ५ का सामाजिक तथा राजनीतिक व्यक्तित्व हुकुमसिंह राईले कमल २ का एक जना मिगौला रोगी बालकको उपचारका लागि १५ हजार आर्थिक सहयोग दिएका छन् ।
आर्थिक अवस्था कमजोर भएका बुबा गोविन्द तथा आमा दुर्गा भण्डारीकी मिगौला रोगी ६ बर्षिय छोरा मानबहादुरको उपचारमा सघाँउन उनले उक्त सहयोग दिएका हुन् ।
राईले आज विरामीको घरैमा पुगेर उक्त सहयोग पीडित परिवारलाई हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गर्दे कांग्रेसका नेता समेत रहेका राईले आफूले व्यक्तिगत रुपमा विरामीको उपचारमा थोरै भएपनि सघाँउन स्वेच्छिक सहयोग गरेको वताए ।उनले हरेक नागरिकले राज्यबाट पाउने स्वास्थ्य उपचार सेवाको पहुँच र उपलव्ता हुनु पर्ने बताए ।
विरामीका वुबा गोविन्दका अनुसार मिगौला रोगका कारण एक बर्षदेखि उपचार गरिआएका मानबहादुरको हाल विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारत भई क्रमिक रुपमा सुधार भईरहेको छ । अझै केहिबर्ष नियमित औषधी सेवन गर्नुपर्ने भएकाले थप उपचार गर्न भण्डारी परिवारले सहयोगको याचना गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.