बुद्धशान्तिका बृद्धले गरे आत्मदाह

झापा, २९ कात्तिक । झापा बुद्धशान्तिका एक बृद्धले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका छन् । शुक्रवारराति ११.३० बजे बुद्धशान्ति गाउँपालिका -६ सन्तपुर बस्ने ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आँगनमा आफ्नो शरीरमा आफैले पेट्रोल खन्याई आगो लगाई आत्मदाह गरेका हुन् । जलेर मृत अवस्थामा उनका काईला छोरा भोगेन्द्र अधिकारीले फेला पारेका थिए ।
केही महिनाअघि उनले प्रोस्टेडको अप्रेशन गरेका थिए । त्यस्तै डिप्रेसनको बिरामी भएर उनले औषधी सेवन गर्दै आएका थिए । थप अनुसन्धान तथा कानुनी प्रकृया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.