ताप्लेजुङमा लडेर बालिकाको मृत्यु

फुङलिङ, २९ कात्तिक । ताप्लेजुङको हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका बीरबहादुर नुगो लिम्बू (सुविदार साइला)का ७ बर्षिया छोरी अर्पणा नुगो लिम्बू रहेकी छन् ।

फुङलिङ नगरपालिका -९ हाङदेवामा डेरा गरी बसेकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रोहित शर्मा बढइले जानकारी दिए । उनका अनुसार निर्माणाधीन मादेन वंशको माङहिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक जट्टा शंकर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ फुङलिङ नगरपालिका ९ हाङदेवामा डेरा गरी बसेकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रोहित शर्मा बढइले जानकारी दिए । उनका अनुसार निर्माणाधीन मादेन वंशको माङहिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक जट्टा शंकर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.