मंसीर १ देखि ५ गतेसम्म ‘दमक जेसीज सप्ताह’

दमक ,२९ कार्तिक । दमक जेसीजले यहि मंसीर १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने भएको छ ।बार्षिक कार्यक्रम अन्तर्गत दमक जेसीजले  निशुल्क स्वास्थ्य शिविर, शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण , फूटसल लगायतका कार्यक्रमहरु सञ्चालन गरि मनाउने भएको हो ।

दमक जेसीजले शनिवार आफनै सचिवालयको भवनमा पत्रकार सम्मेलन गरेर जेसीज सप्ताहको तयारी भईरहेको अध्यक्ष सहदेव भट्टराईले बताए । उनका अनुसार जेसीज सप्ताह भव्य रुपले सम्पन्न गर्न कार्यकारी उपाध्यक्ष रुवल अधिकारीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।त्यस्तै, सवै दिनका कार्यक्रम गर्न सात जनालाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको उनले बताए ।

दमक जेसीजका महासचिव राजेन्द्र बिमलीका अनुसार जेसीज सप्ताह कायृक्रम अन्तर्गत मंसीर १ गते दमक बहुमुखी क्याम्पसमा विहान ८ वजे विशेष कार्यक्रम गरि औपचारिक रुपमा शुभारम्भसहित पानी फिल्टर वितरण र विद्यार्थीहरुको सहभागितामा थिम सेमिनार कार्यक्रम हुने छ । पानी फिल्टर कार्यक्रमको उपाध्यक्ष धर्म ढुंगाना संयोजक र थिम सेमिनार कार्यक्रमको संयोजक सुमन कुमाललाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरि, २ मंसीरमा मैत्रीपूर्ण फूटसल हुने र त्यसको संयोजक सुमन पौडेल रहेका छन् । त्यस्तै, मंसीर ३ गते बुधबार ग्लोवल बोर्डिङ स्कूलमा हुने मानसिक स्वास्थ्य सचेतना कार्यक्रमको संयोजकमा आभूसण भटटराईले जिम्मेवारी पाएका छन् । यसैगरि, मंसीर ४ गते दमक आश्रममा आश्रितहरुको स्वास्थ्य जाँच ,स्वास्थ्य परामर्श र सोहि दिन

दमक -४ स्थित जनचेतना आधारभूत विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिने कार्यक्रम रहेको जेसीज सप्ताह मूल आयोजक समितिका संयोजक अधिकारीले बताए ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा हुने जेसीज सप्ताहको समापनमा गरिव तथा जेहेन्दार एक जना विद्यार्थीलाई स्नातक तह अध्ययनमा छात्रवृति वितरण, डिस्काउण्ट कार्ड शुभारम्भ लगातका कार्यक्रम गरि मंसीर ५ गते सम्पन्न हुने जनाईएको छ । ती सवै कार्यक्रम सम्पन्न गर्न करिव रु २ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.