पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि आइतबारे अस्त्रलाई

पथरी , २६ कात्तिक । मोरङ्गको पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि आइतबारे अस्त्रले जितेको छ । गोर्खा लिजेण्ड माथी ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो । फाइनलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधि भित्राउन सफल भयो । टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १ सय ४९ रन बनायो ।
गोर्खाका लागि सुजन थपलियाले ७१ रन बनाए । ज्ञानेन्द्र श्रेष्ठले २६ र समित राईले १३ रन बनाए । आइतबारेका दिपेश भण्डारीले ३ दिपक नेपालीले २ र अभिषेक बिकले १ बिकेट लिए । १सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको आइतबारेले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । जसमा खडोलियाले अविजित १ सय १० रन बनाए । मंगेश राईले अविजित १४ रन बनाए । गोर्खाका आभाष पाहिम र फडेन्द्र पौडेलले समान २(२ बिकेट लिए ।

विजेता आइतबारे अस्त्रलाई पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले ट्रफ्री प्रदान गरे । बिजेताले १ लाख ११ हजार रुपयाँ र ट्रफ्री जित्दा उपविजेता गोर्खाले ७१ हजार रुपयामा चित्त बुझायो । विधागत तर्फ पनि आइतबारेका खेलाडी हावी भए । उत्कृष्ट फिल्डर , म्यान अफ दि टुर्नामेन्टको आइतबारेका मोहम्मद निशार उत्कृष्ट विकेटकिपर आइतबारेकै नृत्य खडोलिया उत्कृष्ट बलर बिरेन्द्रनगर स्टिल टाइगरका सुदिप चौधरी,उत्कृष्ट ब्याटमेन गोर्खाका राज पालुङवा, प्रभाशाली खेलाडीमा आइतबारेका दिपेश भण्डारी र उदयमान खेलाडीमा बुद्ध युनाइटेडका सौरव बस्नेत घोषित भए ।

Leave a Reply

Your email address will not be published.