एक अर्ब रुपियाँ ठगेर सुनचाँदी व्यवसायी फरार

झापा, २६ कार्तिक । लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली (हेमु ) ले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर बेपत्ता भएका छन् ।सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दैआएका बिमलीबाट ठगिनेमा कन्काई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीदेखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाईसम्मको करोडौ रकम ठगी गरि वेपत्ता भएका हुन् ।
जनप्रतिनिधि हुनुभन्दा अघिदेखि कारोबार गर्दैआएकाले आफूहरु ठगिएको जनप्रतिनिधिको गुनासो छ । नवराज बिमली कात्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारसहित बेपत्ता भएको पीडितको गुनासो छ । उनीहरुबाट पीडित हुनेहरुले हालसम्म ७० हजार रुपियाँदेखि १ करोड १३ लाखसम्म ।ठगिएको बताएका छन् ।

सबै जनाले आफूहरु ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वार्ड कार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । आफूहरु ठगिएको भन्दै हेमु बिमलीपीडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन् ।

झापा गाउँपालिका वडानम्बर ६ का पूर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजबिन समिति गठन गरिएको छ । हालसम्म आधिकारिक रुपमा २७ करोड रुपियाँको प्रमाणसहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताए।

यता कनकाई नगरपालिका ३ का वडाध्यक्ष युजराज चम्लागाईले भने बिमली दसैंलगत्तै सम्पर्क बाहिर रहेकाले उनको खोजबिनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताए । यसअघि झापा गौरादहमा समेत अर्का एक सुनचाँदी व्यवसायी सर्वसाधारणको करोडौ रुपियाँ ठगी गरेर फरार भएका थिए । हाल उनीहरु दम्पती नै झापा जिल्ला कारागारमा छन् ।

Leave a Reply

Your email address will not be published.