पथरीशनिश्चरे ,१० कार्तिक । मोरङको पथरीशनिश्चरे- ३ आइतबारेमा आफ्नो मौलिकता र संस्कृतिको जोगाउने उद्देश्यले खुल्ला भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार मोरङको पथरीशनिश्चरे वडा नं ३ को आइतबारेमा महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गीनी समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो।
पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा आयोजित सो प्रतियोगितात्मक भजन किर्तन कार्यक्रममा नगरभित्रका नगरभित्रका १२ वटा भजन किर्तन टोलीले सहभागिता जनाएका थिए ।
पथरी शनिश्चरे वडा नगरपालिकाकी उपप्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यतामा रहेको सो कार्यक्रमको अध्यक्षता महिला जागरुक हरिकेतन समूह तथा संगीनी समूहकी अध्यक्ष देवीमाया पोखरेलले गरेकी थिईन् ।
कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नवीनजंग कार्की ,वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बू, वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने , वडा सदस्यहरू क्रमशःकन्केश्वरी अधिकारी, टंक पराजुली, चन्द्रबहादुर चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।
निकै रोचक र सुमधुर भजनहरू प्रस्तुत भएको उक्त भजन किर्तन प्रतियोगितामा क्रमशःप्रथम, दोस्रो र तृतीय हुने दिर्घायु हरि किर्तन मण्डली, पशुपति हरिकिर्तन, ज्ञान कुञ्ज हरि कीर्तन मण्डलीर सान्त्वना हुने सिद्धेश्वर हरिकीतन मण्डलीलाई नगद तथा पमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा हरिनाम हरिकिर्तन समूह ,देवी हरिकिर्तन समूह , पशुपती हरिकिर्तन मण्डली, दीर्घायु हरिकिर्तन मण्डली, पाथीभारा दुर्गा पाञ्चायन हरिकिर्तन , सिद्धेश्वर हरिकिर्तन मण्डली, महिला जागरूक हरि किर्तन समुह, सिद्धेश्वरी पाञ्चायन हरिकिर्तन मण्डली, ज्ञानकुञ्ज हरिकिर्तन मण्डली, रामजानकी हरिकिर्तन मण्डली सिद्धीविनायक हरिकिर्तन मण्डली लगायतले भाग लिएका थिए ।
महिला जागरुक हरि किर्तन मण्डलीका सल्लाहकार खगेन्द्र प्रसाद लुइँटेलले कार्यक्रम माथि प्रकाश पारेका थिए भने वडाअध्यक्षहरु विजय लिम्बू , लोक किरण न्यौपाने, नविनजंग कार्की समेतले शुभकामना मन्तव्य दिएका थिए ।