मंसिर १७ र १८ मा कांग्रेस देउवा पक्षको प्रदेश अधिवेशन हुने

विराटनगर ,२ मंसीर । नेपाली कांग्रेस (निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष) को कोशी प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन यही मंसिर १७ र १८ गते प्रदेश राजधानी विराटनगरमा सम्पन्न हुने भएको छ ।
सोमबार विराटनगरमा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले जानकारी दिए। बैठकमा प्रदेशहका पदाधिकारी, जिल्लाका सभापति र नेता कृष्ण सिटौला लगायतको सहभागिता रहेको थियो ।
महामन्त्री राईका अनुसार यसअघि मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने भनी सूचना सार्वजनिक गरिएको थियो। तर, आज विराटनगरमा प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापतिहरू तथा केन्द्रमा प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसहित बसेको संयुक्त बैठकले मिति परिमार्जन गर्दै मंसिर १७ र १८ गते प्रदेश राजधानी विराटनगरमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो। महामन्त्री राईको अध्यक्षतामा बसेको उक्त बैठकमा नेता कृष्ण सिटौलासहितका नेताहरूको सहभागिता रहेको उनले बताए ।
महामन्त्री राईले दोस्रो प्रदेश अधिवेशनको उद्घाटन समारोहमा निवर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुने जानकारी दिए। अधिवेशनमा २ हजार ३ सयभन्दा बढीदेखि प्रतिनिधि सहभागी हुने उनको भनाइ छ ।
अधिवेशन सम्पन्न गर्न बैठकले विभिन्न तयारी समितिहरूसमेत गठन गरेको छ । राईका अनुसार पूर्वमुख्यमन्त्री केदार कार्कीको संयोजकत्वमा व्यवस्थापन समिति र शोभा श्रेष्ठ नेम्वाङको संयोजकत्वमा प्रचार समिति गठन गरिएको छ । यस्तै, प्रदेश महामन्त्रीको हैसियतले मूल समारोह समितिमा आफू स्वयं रहेको राईले बताए ।
आवश्यकताका आधारमा भोजन व्यवस्थापन, मञ्च व्यवस्थापनलगायतका अन्य उपसमितिहरू पनि निर्माण गरिने महामन्त्री राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.