पौडेलले दिए चार विपन्न परिवारलाई खाद्यान्न

दमक,२ मंसीर । झापा,कमल गाउँपालिका–६ निवासी भीम पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर सोही क्षेत्रका चार विपन्न तथा समस्यामा परेका परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

युवा व्यक्तित्व पौडेल शहीदमार्ग टोल विकास समितिका अध्यक्ष , लायन्स क्लव लगायतका सामाजिक संघसंस्थाहरुमा आवद्ध रहिआएका छन् । पौडेलले त्यहाँका एकल महिला सिजा दर्नालसहित चुड्के मुर्मु, राम ग्वाल र अमन यादवको परिवारलाई चामल, नुन, तेललगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्चलाई निरुत्साहित गर्न व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अभावमा रहेका परिवारलाई थोरै भए पनि राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published.